सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहन्छ: एमाले

सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहन्छ: एमाले

४ असाेज, काठमाडाैँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताएका छन् । साेमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग बाेल्दै उनले सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने बताए ।

संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उनको भनाई छ । बजेट बारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रुपमा ल्याइएको उनले बताए ।

उनले भने – ‘संसदमा प्रस्तुत भएका बिजनेश वा एजेण्डाहरु प्रति भन्दापनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा(एमाले)प्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौँ । उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म, त्यो घटनामा नेकपा(एमाले)लाई गरेको अन्यायमा उहाँले जबसम्म न्याय गर्नुहुन्न तबसम्म हाम्रो यो आन्दोलन जारी नै रहन्छ । हामीले सांकेतिक रुपमा नेकपा(एमाले)ले आफुमाथि भएको विभेद र सभामुख जस्तो जिम्मेवार व्यक्तिले गरेको गैरजिम्मेवार व्यवहारका विरुद्ध हामीले जे सांकेतिक रुपमा विरोध गरेका छौँ । त्यो अनवरत रुपमा जारी रहन्छ र उहाँले त्यो सच्याउनुपर्छ भन्ने हो । गरिमामय आशनमा बसेको व्यक्तिले लाक्षणिक विरोध र सांकेतिक विरोधको पनि अर्थ बुझ्नुपर्छ । यसको निकास सभामुखज्यूले नै दिनुपर्छ । सत्तापक्षले दिनुपर्छ । सभामुखले दिनुपर्छ । उहाँहरुसँग हामी जोडदार माग गर्न चाहान्छौँ । कसरी निकाश दिनुपर्छ भन्ने उहाँहरुले जान्ने कुरा हो । सभामुखले सूचना टाँस्नैपर्छ अन्यथा मार्ग प्रशस्त गर्नैपर्छ । बजेट बारे प्रमुख प्रतिपक्षीसँ सामान्य संवाद पनि नगरी जर्बजस्ती ल्याइएको छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.