४ असाेज, काठमाडौं ।
पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मानप केन्द्रका अनुसार दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएकाे हाे । अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस गरिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए
भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ ।