नेपालले आज हङकङसँग खेल्दै, जित्नैपर्ने दबाब

नेपालले आज हङकङसँग खेल्दै, जित्नैपर्ने दबाब

५ असाेज, काठमाडौं ।

 नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ ।

यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो । विमल चौधरीको हेडिङ गोलसँगै खेलमा अग्रता बनाएको नेपाल अन्तिम २ मिनेटमा दुई गोल ब्यहोर्न पुगेको थियो ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ ।

समूह एफ मा फिलिपिन्स तीन अंक सहित शीर्षस्थानमा छ । समूहको शीर्ष टोली भारतमा हुने एएफसी महिला एसियन कपमा छनोट हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.