एउटा डाक्टर देखाएर अर्कैबाट उपचार गराएको भन्दै बयोधा अस्पताललाई काउन्सिलले काट्यो पत्र

एउटा डाक्टर देखाएर अर्कैबाट उपचार गराएको भन्दै बयोधा अस्पताललाई काउन्सिलले काट्यो पत्र

५ असोज, काठमाडौं ।

नेपाल मेडिकल काउन्सिलले बिरामीको उपचारमा लापरबाही र गैरकानुनी कार्य गरेको भन्दै बयोधा अस्पताललाई स्पष्टीकरण सोधेको छ। काउन्सिलको पूर्ण बैठकले बिरामीको उपचार गर्दा अस्पतालले कानुनविपरित काम गरेको ठहर गर्दै स्पष्टीकरण सोधेको हो।

अस्पतालमा उपचारका लागि पुगेकी पल्लबी श्रेष्ठले अस्पतालविरुद्ध काउन्सिलमा उजुरी दिएकी थिइन्। २०७७ कात्तिक ९ गते बयोधा अस्पतालमा उपचारका लागि पुगेकी श्रेष्ठले आफ्नो उपचारको क्रममा लापरबाही भएको भन्दै उजुरी दिएकी थिइन्।

उनले एकजना डाक्टरको नामबाट ओपिडी टिकट काटी उपचार गराउन जाँदा अर्कै डाक्टरबाट उपचार भएको र उपचारका क्रममा पनि लापरबाही भएको भन्दै छानबिन गरी कारबाहीको मागसमेत गरेकी थिइन्।

बिरामीको उजुरीपछि काउन्सिलले गरेको छानबिनमा अस्पतालले एकजना विशेषज्ञको नाम देखाई अर्को चिकित्सकबाट बिरामी परीक्षण गराउने कार्य गरेको तथ्य प्रमाणबाट देखिएको काउन्सिलले जनाएको छ।

यस्तो कार्य नेपाल मेडिकल काउन्सिलको नियमावली तथा नेपाल मेडिकल काउन्सिल कोड अफ इथिक्स र उपभोक्ता संरक्षण ऐन २०७५ विपरित भएको देखिएको भन्दै काउन्सिलले पत्र काटेको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.