४ वर्षमा मेयर द्धारिकलाल चौधरीले इटहरीमा के गरे ?

४ वर्षमा मेयर द्धारिकलाल चौधरीले इटहरीमा के गरे ?

५ असोज, इटहरी।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले चार बर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फडको मारेको बताएका छन् । कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उनले पुष सम्ममा इटहरीका प्राय सवै मुलवाटोहरु पिच भइसक्ने बताए ।

प्रमुख चौधरीले चार बर्षमा सय किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए । यो आर्थिक बर्षमा थप सय किलोमिटर सडक कालोपत्रे हुने गरि धमाधम काम भइरहेको बताए । चार वर्षमा चालिस किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाउने काम भएको र यो बर्ष थप १० किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाई सकिने बताए । उनका अनुसार केहि दिन भित्रैमा पाँच करोड लगानीमा वन्ने हुलाकी सडक अन्र्तगतको पूल शिलान्यास हुनेछ । इटहरीमा चार बर्षमा ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भइ सकेका छन् ।

चारवाट ठूला पुल निर्माण प्रकृया सुरु भएको छ । उनले इटहरीमा चाडैनै एक अर्व ३७ करोडको वल्र्डबैंकको परियोजना संचालन हुन लागेको जानकारी दिए । त्यसका लागि सम्झौता भइसकेको छ । आठ वटा वडा कार्यालय भवन निर्माण हुँदैछन् । केहि महिना भित्रैमा इटहरीका सबै वडा वाटै स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउने छन् ।

१४ वटा स्वास्थ्य इकाई भवन निर्माण सकेर केहि महिनामै स्वास्थ्य सेवा सुरु गरिने छ । त्यसका लागि आवश्यक जनशक्ति,फर्निचर,औषधी लगायतको ब्यवस्था भइसकेको प्रमुख चौधरीले जानकारी दिए । उनका अनुसार इटहरी अस्पतालको ३ तले २३ कोठे भवन निर्माण भइरहेको छ । इमन्रजेन्सी ब्लक समेत बन्दै छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.