ओलीको मुद्दामा अन्तरिम आदेश जारी भएन, नेकपा(एस) दर्ताको सक्कल फाइल मगाउने आदेश

ओलीको मुद्दामा अन्तरिम आदेश जारी भएन, नेकपा(एस) दर्ताको सक्कल फाइल मगाउने आदेश

५ असोज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

मंगलबार न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै  निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल माग गर्ने आदेश दिएको हो ।

यस्तै नेकपा एमालेले गरेको १४ सांसद कारबाहीको निर्णयलाई मान्यता नदिने सभामुखको निर्णयको सक्कल फाइल पनि माग गर्ने आदेश दिएको छ ।

माधवकुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेपछि ओली निर्वाचन आयोग र सभामुखविरुद्ध रिट लिएर अदालत पुगेका थिए। उनले नेपालको पार्टी नै अवैधानिक भएको जिकिर गरेका थिए। साथै, माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.