सर्पको टोकाइबाट सप्तरीमा दिदी भाइको मृत्यु

सर्पको टोकाइबाट सप्तरीमा दिदी भाइको मृत्यु

६ असाेज, सप्तरी ।

सर्पको टोकाइबाट सप्तरीमा एकै परिवारका दिदी भाइको मृत्यु भएको छ ।

जिल्लाको खडक नगरपालिका वडा नम्बर २ सिस्वाबेल्हीका १४ वर्षीय सुनिता मण्डल र ९ वर्षीय कृष्ण मण्डलको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरूलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो ।

सुनिताको उपचारको क्रममा लहानस्थित अस्पतालमा मृत्यु भएको र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.