स्थायी समितिमा प्रचण्डको ब्रिफिङ- भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ

स्थायी समितिमा प्रचण्डको ब्रिफिङ- भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ

६ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार भोलि हुने बताएका छन् ।

बुधबार पार्टीको स्थायी समितिको बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले भोलि मन्त्रिपरिषद विस्तार हुने बताएकाे प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले बुधबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने जानकारी दिए । ‘अध्यादेशको कारणले डिले भएको थियो । अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको कम सिद्धिन्छ’ महराले भने ।

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाउने पनि प्रवक्ता महराले बताए । दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.