घरबेटी सरस्वती प्रधान धरौटीमा रिहा

घरबेटी सरस्वती प्रधान धरौटीमा रिहा

७ असाेज, काठमाडाैँ ।

जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले बुधबार रु एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए ।

जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधानले उक्त रकम बुझाएर घर फर्किएकी हुन् । सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा प्रधान विरुद्ध मुद्दा दायर गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.