अध्यादेश निष्क्रिय नभएसम्म जसपा सरकारमा सहभागी नहुने

अध्यादेश निष्क्रिय नभएसम्म जसपा सरकारमा सहभागी नहुने

काठमाडौं: जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको छ ।

जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले अध्यादेश निष्क्रिय भएपछि मात्रै सरकारमा सहभागिता जनाउने अडान लिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धन दलसँग मन्त्री बन्नेहरूको नामावली मागिरहेका बेला जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय हुनुपर्ने सर्त प्रधानमन्त्रीसहित पाँचदलीय गठबन्धनभित्र राखेको जसपा स्रोतले जनाएको छ ।,याे समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.