पौडेलले देउवालाई साेधे- हाम्रो भागमा कति मन्त्री ?

पौडेलले देउवालाई साेधे- हाम्रो भागमा कति मन्त्री ?

काठमाडौं : सत्ताधारी दल नेपाली कांग्रेसको बुधबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवामाथि आक्रोश पोख्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भइरहेको विषयमा कुरा राख्दा अरू दलहरुलाई मिलाउँदा ढिलाइ भएको भन्दै प्रधानमन्त्री देउवा पन्छिने गरेको आरोप लगाउँदै नेता पौडेलले पदाधिकारी बैठकमा सभापति देउवासँग ‘कांग्रेसबाट आफ्नो गुटको चार मन्त्री नियुक्त गरेपछि हाम्रो भागमा कति मन्त्री पर्छ ?’ भनी सोध्नुभएको थियो ।

बैठकमा वरिष्ठ नेता पौडेलले झोक्किँदै सभापति देउवामाथि सरकारमा मनपरी गरेको, जारी अधिवेशनमा धाँधली गरेको जस्ता आरोप लगाउनुभएको थियो ।

बैठकपछि नेपाल समाचारपत्रसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो– ‘बैठकमा मैले सरकार सञ्चालनमा मनपरी भएको, अधिवेशनमा पनि धाँधली भएको, क्रियाशील सदस्यता विवादमा पनि आफ्नो पक्षको असहमति हुँदाहुँदै जबरजस्ती निर्णय गरेको जस्तो विषयमा कुरा राखें ।’ उहाँले बैठकमा आफू आक्रोशित ढंगले प्रस्तुत भएपछि बैठकको अध्यक्षता गरिरहनुभएका सभापति देउवा जुरुक्क उठेर बाहिरिएको बताउनुभयो ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.