भारतीय संरचनाले डुबान, २०० बिघा धान खेती नष्ट

भारतीय संरचनाले डुबान, २०० बिघा धान खेती नष्ट

७ असोज, कपिलवस्तु ।

भारतले नेपाल–भारत सीमा आसपासमा एकतर्फी संरचना निर्माण गर्नाले डुबान हुँदा कपिलवस्तुमा २०० बिघामा लगाइएको धान खेती नष्ट भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका– ५ मा डुबान हुँदा १०० भन्दा बढी कृषकको उत्पादन प्रभावित भएको हो ।

भदौ महिनाका आएको वर्षाका कारण कोठी नदीमा आएको बाढीले वडा– ५ का बस्तीसमेत जलमग्न भएका थिए । कोठी नदीमा आएको बाढीले लोधडिह, फुलवापुर र दोहनी गाउँको धान खेती नष्ट भएको स्थानीय लवकुश चौधरीले बताए ।

तीनवटा गाउँका करिब १०० भन्दा बढी कृषकले लगाएको बाली पूर्ण रूपले नष्ट भएको छ । धानले बाला लगाएको बेलामा बाढी पसेको थियो । पानीको निकास नहुँदा खाल (पानी जम्ने खेत) खेतका धान नष्ट भएको चौधरीले बताए ।

भारतले सीमा क्षेत्रदेखि करिब एक किलोमिटर आसपासमा माटो पटान गरी अग्लो संरचना निर्माण गर्दै आएको छ । उक्त संरचनाका कारण पानी निकास नहुँदा तराईका क्षेत्रहरूमा डुबान हुने गरेको मानवअधिकारकर्मी रवीन्द्रनाथ ठाकुरले बताए ।

स्थानीय कृषक जवाहिर गिरीले बाढी पसेको पानी निकास नहुँदा डुबान भएको बताए । गिरीले दुई बिघामा खेती गरेको धान बाला लागेपछि नष्ट भएको दुखेसो पोखे । ’मेरो अन्य ठाउँमा खेत छैन ।

उत्पादन गरी वर्षभरी जीवन गुजारा गर्ने माध्यम खेती नै हो । अघिल्लो वर्ष सामान्य रूपमा पानी जम्ने भए पनि डुबान हालसम्म नभएको गिरीले बताए । क्षतिको विषयमा हालसम्म कुनै सरकारी निकायले चासो नदिएको कृषकहरूको गुनासो छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.