कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

७ असोज, काठमाडौं ।

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ।

बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ।

कांग्रेस पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री नियुक्त गर्दा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो।

बुधबार बसेको बैठक मूलतः आसन्न १४औं महाधिवेशनको कार्यतालिकामा केन्द्रित रहेको थियो। दशैंअघि गाउँ÷नगर अधिवेशन मात्रै सक्ने गरि कार्यतालिका पुनः संशोधन गर्ने निर्णय भएको छ। वडा अधिवेशन सकिएका जिल्लामा पूर्वनिर्धारित समय अनुसार असोज ९ मा गाउँ÷नगर अधिवेशन गर्ने निर्णय गरिएको छ।

वडा अधिवेशन हुन नसकेका १३ जिल्लाको क्रियाशील सदस्यता टुंगाउने जिम्मेवारी पुनः तीन सदस्यीय कार्यदललाई दिइएको छ। नेता कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले नामावली छिटो टुंगाउन सकेमा असोज ९ अघि बाँकी जिल्लामा वडा अधिवशेन गरिने भएको छ।

त्यसअघि क्रियाशील सदस्यताको टुंगो लाग्न नसके निर्वाचन समितिले क्रमशः वडा अधिवेशनको मिति तय गरिने भएको छ। कार्यदलले नामावली प्रकाशन गरे अनुसार निर्वाचन समितिले मिति तोक्ने बताइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.