कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला बने नेकपा एसकाे उपमहासचिव

कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला बने नेकपा एसकाे उपमहासचिव

७ असोज, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयन हुँदा प्रकाश ज्वाला पनि परेका छन् । उनी पार्टीकाे उपमहासचिव बनेका हुन् ।

आज बसेको नेकपा एसको बैठकले तीन जना उपमहासचिव बनाउँदा उनकाे नाम पनि समावेश छ । उनीसँगै डा. गंगालाल तुलाधर र डा. विजय पौडेल उपमहासचिव बनेका छन् ।

ज्वाला सल्यानका पूर्व सांसद हुन् । उनले यसपटक कर्णाली प्रदेशमा नेकपा एमालेविरुद्ध विद्रोह गरे । फ्लोर क्रस गरेर कर्णाली प्रदेश सरकार बचाइदिए ।

माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार बचाइदिए । ज्वाला एमालेबाट निष्काशनमा परे । सांसदबाट पदमुक्त भए । अहिले उनी माधव नेपालबाट पुरस्कृत भएका हुन् ।

नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई चयन भएका छन् । बैठकले महासचिवमा वेदुराम भुसाल चयन गरेकाे छ ।

सचिवमा रामकुमारी झाँक्रीसहित जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ चयन भएका छन् । एमाले स्थायी कमिटी सदस्य, आठौं र नवौं महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यलाई पोलिटब्युरो सदस्य स्वतः बनाउने निर्णय समेत भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.