युवाहरुलाई जिम्मेवारी दिन तयार छौं : माधव नेपाल

युवाहरुलाई जिम्मेवारी दिन तयार छौं : माधव नेपाल

७ असाेज, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले युवाहरुलाई जिम्मेवारी दिन पार्टी तयार रहेको बताएका छन् ।

बिहीबार युवा संघ नेपालको केन्द्रीय सचिवालयको बैठकमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने, ‘युवालाई प्रोत्साहन र जिम्मेवारी दिन चाहन्छौं। तर, तपाईं मिहिनेति बन्नुस्। समाज परिवर्तनमा समर्पित बन्नुस् ।’

उनले रचनात्मक काममा भूमिका खेल्न युवालाई निर्देशन दिए । उनले भने, ‘जनसेवाको काममा जुट्नुस् । बलात्कार, शोषण, हिंसाविरुद्ध संघर्ष गर्नुस् ।’ गाउँ तहको पार्टी कमिटीको जिम्मा लिन युवालाई आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.