संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेशविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेशविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

७ असाेज, काठमाडौं।

संवैधानिक नियुक्तिसम्बन्धि मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश कुमार चुडालको एकल इजलासमा उक्त रिटको सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश हरिप्रसाल फुँयालको एकल इजलासले संवैधानिक नियुक्तिबारेको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध रिट दर्ता गरेका थिए ।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो ।

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको शुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.