विवाद भएपछि नेकपा एसकाे पदाधिकारी हेरफेर, सचिवमा राजेन्द्र राई थपिए

विवाद भएपछि नेकपा एसकाे पदाधिकारी हेरफेर, सचिवमा राजेन्द्र राई थपिए

७ असाेज, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले पदाधिकारी हेरफेर गरेको छ । पदाधिकारी चयन गर्दा विवाद चुलिएपछि पुनः पदाधिकारी हेरफेर गरेकाे हाे । पदाधिकारी हेरफेर गरिएसँगै उपाध्यक्षको संख्या ६ जना पुगेकाे छ भने एक जना सचिव थप गरिएको छ ।

यसअघि उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई ,महासचिवमा वेदुराम भुसाल ,उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई र सचिवमा केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री चयन गरिएकाे थियाे ।

पार्टी पंक्तिमा विवाद चुलिएपछि सचिवमा प्रस्तावित केशवलाल श्रेष्ठ उपाध्यक्ष र घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ । यस्तै, सचिवमा राजेन्द्र राई थपिएका छन् ।

अध्यक्षमा माधवकुमार नेपाल रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् । पार्टीको तेस्रो वरियतामा मुकुन्द न्यौपाने रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.