७ साउन, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी) आजकै अवस्थामा पारित गर्न नसकिने निर्णय गरेकाे छ । पार्टीको आज सम्पन्न पहिलो केन्द्रीय समिति बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ ।
बैठककाे निर्णय सुनाउँदै सचिव जगन्नाथ खतिवडाले एमसीसी राष्ट्रिय हित अनुकूल नभएकाले आजकै अवस्थामा पारित गर्न नसकिने बताए ।
उनले भने ‘राष्ट्रिय हितअनुकूल बनाएर राजनीतिक सहमति कायम गरेर मात्र अघि बढ्न सकिन्छ । अन्यथा आजकै अवस्थामा पारित गर्न सकिँदैन ।’