पर्यटकलाई अनअराइभल भिसा खुला

पर्यटकलाई अनअराइभल भिसा खुला

७ असाेज, काठमाडाैँ ।

सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो ।

शर्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने भएको हो ।

सरकारको निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने भएको हो ।

यस्तै खोप नलगाए पनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुले पनि विमानस्थलमै अनअराइभल भिसा पाउने भएका छन् । यस्तै सरकारले विदेशी नागरिकहरुका लागि अनिवार्य गरेको १० दिने क्वारेन्टाइन पनि बन्द गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.