ओलीको चुनौती – मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने, एमालेसँग लड्ने धाक लाउने ?

ओलीको चुनौती – मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने, एमालेसँग लड्ने धाक लाउने ?

७ असाेज, काठमाडौँ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले आगामी चुनावमा एमालेसँग लड्नका लागि एकजुट भएर आउन चुनौती दिएका छन् । काठमाडौंमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनलाई एकजुट भएर आउन चुनौती दिएका हुन् ।

उनले भने, ‘एमालेसँग लड्नेहरूले कमसेकम आफू त एकताबद्ध भएर आउ न । यो पाँचवटाको पञ्चे गुट छ नि ! मजबुद एमालेसँग लड्न यत्तिकै लिरिखिरी पाराले मन्त्रीमण्डल बनाउन नसक्ने एमालेसँग लड्ने गफ दिने । मन्त्रिपरिषद्को विस्तार गर्न नसक्ने एमालेसँग लड्ने धाक लाउने ? एकता देखियो त्यहाँ एकता ।’

उनले भविष्यमा एमाले सरकारमा आएमा तीन दिनभित्र सरकार बनाउने पनि बताए । प्रधानमन्त्रीले शपथ लिएको ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको ओलीको भनाइ थियो । उनले १४ महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाए धन्यवाद दिनुपर्ने भन्दै व्यंग्य गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.