ट्रकमा भेटियो १७५ किलो गाँजा

ट्रकमा भेटियो १७५ किलो गाँजा

७ असोज, मकवानपुर ।

मकवानपुर प्रहरीले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५ किलो लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रकचालक भिमफेदी गाउँपालिका–९ का ३१ वर्षीय मवहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका ३ का २४ वर्षीय प्रशान्त कार्की रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले १७५ किलो गाँजा बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.