डुम्रे–बेसी सहर–चामे बाहेक बन्द रहेका अन्य सडक खण्ड दशैँसम्ममा खुल्ने

डुम्रे–बेसी सहर–चामे बाहेक बन्द रहेका अन्य सडक खण्ड दशैँसम्ममा खुल्ने

८ असोज, काठमाडौं ।

डुम्रे–बेसी सहर–चामे सडक खण्ड बाहेक बन्द रहेका अरु सडक खण्ड दशैँसम्ममा खुल्ने भएका छन् । बाढी, पहिरो लगायत विभिन्न कारणले बन्द भएका सडक खण्ड दशैँसम्ममा खुलिसक्ने सडक विभागले जनाएको हो ।

लमजुङदेखि मनाङ जाने सडक भने खुलाउन समस्या रहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए । लमजुङदेखि मनाङ जाने सडक खण्ड नदीले बगाएकाले यो सडक खण्ड खुलाउन समस्या भएको हो ।

अन्य सडक भने खुलाउन काम सुरु भइसकेको छ । दशैँमा दुईतर्फी नै सडक खुलाउने गरी काम भइरहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए । सकेसम्म दुईतर्फी र नसके एकतर्फी रुपमा भए पनि सडक खुलाउने तयारी भइरहेको नेपालले बताए ।

यस्तै, सडक बन्द भइहाल्यो भने पनि तत्काल खुलाउनका लागि मेसिन तथा औजार तयारी अवस्थामा राखिएको पनि उनले बताए । खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने काम पनि तत्कालै सुरु गर्ने तयारी भएको उनको भनाइ छ ।

यसैबीच सडक मर्मत तथा खाल्डा पुर्ने कामलाई तीव्रता दिनका लागि आज प्रधानमन्त्री कार्यालयमा बैठक बस्दैछ । सडक विभाग र अन्य निकायको सहभागितामा बस्ने बैठकमा चाडपर्वलाई लक्षित सडक मर्मत गर्ने विषयमा छलफल हुनेछ ।

यसैबीच महानगरीय ट्राफिक प्रहरीले चाडपर्वका बेला हुने ट्राफिक दुर्घटना न्यूनीकरण गर्न नाइट भिजनसहितको लेजर स्पिड गन प्रयोग गर्ने जनाएको छ । दिवा र रात्रिकालीन दुवै समयमा चल्ने गाडीको गतिलाई सही तवरले मापन गर्ने भएकाले लेजर स्पिड गन प्रयोग गर्ने जनाएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.