इन्द्रजात्रा आज समापन हुँदै

इन्द्रजात्रा आज समापन हुँदै

८ असोज, काठमाडौं ।

काठमाडौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर सुरु भएको येँया भनिने इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदै छ ।

आज बेलुका १० बजेर ३६ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर सङ्घले जनाएको छ ।

ढालेपछि इन्द्रध्वजालाई टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासी भनिने अष्टमात्रिकाको प्रतीकलाई भने अर्को सालको जात्राको लागि राखिनेछ ।

गएको २ गते इन्द्रध्वजा ठड्याएर इन्द्रजात्रा सुरु भएको थियो । यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाहरुले तानिँदै छ ।

आज राष्ट्रप्रमुखले कुमारीका हातबाट टीका थाप्ने परम्परा पनि छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.