८ असोज, काठमाडौं ।
नेपाली कांग्रेसको महाधिवेशन फेरि सर्ने भएको छ।
सिंहदरबारमा जारी पदाधिकारी बैठकमा महाधिवेशन दुई महिनापछि सार्नेबारे छलफल भइरहेको सभापति शेरबहादुर देउवानिकट नेता मीन विश्वकर्माले बताए।
मंसिरमा प्रदेश अधिवेशन गरेर माघको मध्यतिर महाधिवेशन गर्ने गरी छलफल भइरहेको उनले बताए।
’पुसमा जाडो हुने भएकाले माघको दोस्रो साता गर्ने गरी छलफल अघि बढेको छ,’ नेता विश्वकर्माले नेपाल लाइभलाई बताए।
कांग्रेस पदाधिकारी बैठक अहिले कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ। यसअघि कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको थियो।