बाइडेनले आयोजना गरेको सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन (भिडियोसहित)

बाइडेनले आयोजना गरेको सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन (भिडियोसहित)

८ असाेज, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको भर्चुअल कोभिड १९ सम्मेलनलाई बिहीबार राति सम्बोधन गरेका छन् । सम्बोधनमा देउवाले नेपालले कोभिड नियन्त्रणमा गरेका प्रयासबारे विश्व समूदायलाई जानकारी दिएका थिए ।

सम्बोधनकाक्रममा प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्ममा लक्षित समूह ९८० प्रतिशत०लाई कोभिडविरुद्धको खोप लगाइसक्ने गरी काम भइरहेको जानकारी दिए ।

उहाँले विश्वसमुदायसँग खोपको न्यायपूर्ण वितरण हुनुपर्नेमा जोड दिनुहुँदै कोभिड(१९ महामारी नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताए। प्रधानमन्त्रीले नेपाललाई नेपाललाई महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको खोप र स्वास्थ्य सहायताप्रति पनि धन्यवाद दिए ।

सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विश्व नेताहरुले सम्बोधन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.