१० बुँदे कार्यान्वयन नभएकोमा भीम रावलको असन्तुष्टि, ओलीले दिए यस्तो जवाफ

१० बुँदे कार्यान्वयन नभएकोमा भीम रावलको असन्तुष्टि, ओलीले दिए यस्तो जवाफ

८ असोज, काठमाडौं ।

नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएकाे बताएका हुन् ।

बैठकमा एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरे । अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको एक नेताले जानकारी दिए ।

बैठक सुरु भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको बताएका थिए । त्यस्तै नेता भानुभक्त जोशीले पनि यसबारे प्रश्न गरेका थिए ।

तर अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् । १० बुँदे सहमति सुदूरपश्चिममा लागू हुन सकेको छैन । उपाध्यक्ष रावलले आफू जेठ २ अघिको प्रदेश संयोजक रहेकाले सोही पदमा हुनुपर्ने बताएका छन् । तर, लेखराज भट्ट नेकपा एकता प्रक्रियाबाट आएकाले उनी इन्चार्ज छन् ।

२७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि माधवकुमार नेपाल समूहमा रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै बसेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.