८ असोज, काठमाडौं ।
उद्योगपति तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ ।
पारिवारिक घुमफिरका लागि हाल दुबईमा रहेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो । शुक्रबार हृदयघात भएपछि उनलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका छन् ।