८ असोज, काठमाडौँ ।
नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ । शुक्रबार काठमाण्डौमा एक कार्यक्रमका बिच विश्व बैंकका उपाध्यक्ष हर्टवीग स्काफेर , लुका पास्कोतो,पुर्वमन्त्रि तथा सांसद योगेश भट्टराई, प्रतिनिधि सभा विकास तथा प्रविधि कमिटि सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुबेदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वल्र्ड बैंक नेपालका प्रतिनिधी फारिस हदाद जेरोभोसले संयुक्त रुपमा हेल्मेट सार्वजनिक गरे ।
इन्टरनेसनल फेडेरेसन अफ अटोमोवाइलको सहयोग र वल्र्ड बैंकसंगको सहकार्यमा नेपाल अटोमोबाइल्स एसोसिएसनले सुरक्षित हेल्मेट अभियानको संचालन गर्ने भएको छ । यस अभियान अन्तर्गत नेपालभरी विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरि ३०० बढी युएन मापदण्ड हेल्मेट वितरण गरिने छ ।
कार्यक्रममा विश्व बैंकको तर्फबाट हर्टवीग स्काफेरले सडक दुर्घटनाले नेपालको अर्थ तन्त्रमा पारेको प्रभाव र त्यसका रोकथामका लागि चालिनु पर्ने आवश्यक कदम बारे अवगत गराए । अभियानले नेपालमा बढ्दो दुई पाङ्ग्रे सवारी दुर्घटनालाई कम गराउन र दुर्घटना पछि हुने क्षतिलाई न्युनिकरण गर्न, सुरक्षित हेल्मेट प्रयोग गर्न सवारी चालकलाई सचेतना दिनेछ ।
साथै अभियानले हेल्मेटको राष्ट्रिय मापदण्डको कार्यान्वयनमा जोड दिदै मोटरसाइकल चालक तथा पछाडी बस्ने यात्रुले समेत अनिवार्य रुपमा हेल्मेट प्रयोग गर्ने ऐनको व्यवस्था गर्न सरकारलाई दबाब दिने बताइएको छ । कार्यक्रममा FIAद्वारा प्रदान गरिएको युएन मापदण्ड हेल्मेट सार्वजनिक गर्दै विभिन्न लक्षित समुहका प्रतिनिधि सुरक्षित र दीगो यातायात नेपालका हेमन्त तिवारी,अपांग महासंघकि देवु पराजुलीलाई हेल्मेट उपहार प्रदान गरिएको थियो ।