अबको चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल

अबको चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल

९ असोज , मकवानपुर।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा एमाले कमजोर हुने दाबी गरेका छन् । आज हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन नेपालले यस्तो बताएका हुन् ।

उनले भने,‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली गालीगलौजमा उत्रिएको भएपनि आफूहरु त्यस्तो नगर्ने पनि स्पष्ट पारे । नेपालले भने, ‘हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् ।’

अध्यक्ष नेपालले ओलीले आफ्नो प्रधानमन्त्री पद नै गुम्न लागेको भन्ने डरले प्रतिनिधिसभा विघटन गरेको पनि स्मरण गराए । उनले ओलीले १५ वर्षसम्म प्रधानमन्त्री बन्ने सपना देखेर संसद् विघटन गरेको पनि दाबी गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.