९ असाेज,विराटनगर ।
मोरङकाे सुन्दरहरैचा नगरपालिका-९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लाग्दा दर्जी गम्भीर घाईते भएका थिए ।
दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएकाे छ ।