१० असोज, काठमाडौं ।
लेखक खगेन्द्र संग्रौलाले प्रचण्डका अभिव्यक्ति कहिल्यै पूरा हुँदैनन् भन्दै व्यंग्य हानेका छन् ।
प्रचण्डका अभिव्यक्ति झुटा र अपूरो हुने गरेको उदाहरण दिँदै संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘पुष्पकमल जे भन्छन्, बुझ्नुपर्छ त्यो हुँदैन!’
संग्रौलाले दाहालले विगतमा र वर्तमानमा दिएका अभिव्यक्तिलाई शिलसिलेवर ढंगले प्रस्तुत गर्दै भनेका छन्, ‘प्रचण्डले दुई दलको एकता कुनै शक्तिले भत्काउन सक्दैन भने, देखियो,’ उनले थपेका छन्, ‘प्रचण्डले नेकपा डबलले ५० वर्ष अटुट शासन चलाउँछ भने। नापियो!’
आगामी चुनावमा बहुमत ल्याउने प्रचण्डको दाबीलाई पनि संग्रौलाले गफको संज्ञा दिएका छन्।
‘प्रचण्डले मन्त्री परिषद् पर्सि पूरा हुन्छ भन्या ५ पटक भो,’ संग्रौला भन्छन्, ‘प्रचण्ड आउने चुनावमा एमाओवादीको बहुमत आउँछ भन्दैछन्। गफै त हो!’