कपनको ढलमा खसेर बेपत्ता उज्ज्वलको शव ललितपुरमा भेटियो

कपनको ढलमा खसेर बेपत्ता उज्ज्वलको शव ललितपुरमा भेटियो

१० असोज, काठमाडौैं ।

काठमाडौँको कपनस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्ज्वल विकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती किनारामा भेटिएको छ ।

गत सोमबार कपनस्थित ढलमा खसेका उनको शव एक हप्तापछि आइतबार फेला परेको हो ।

ललितपुर प्रहरी परिसरकी प्रमुख किरण ब्रजाचार्यले शवको पहिचान भएको जानकारी दिइन् । उनका अनुसार आतइबार बिहान शव फेला परेको थियो ।

शव फेला परेपछि प्रहरीले उज्ज्वलका परिवारलाई सम्पर्क गरेको थियो । परिवारबाट शवको सनाखत भएको ब्रजाचार्यले बताइन् ।

प्रहरीका अनुसार शवको पोस्टमार्टमका लागि पाटल अस्पताल लगिँदै छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.