विप्लव नेतृत्वको नेकपाले संसदीय चुनावमा भाग नलिने

विप्लव नेतृत्वको नेकपाले संसदीय चुनावमा भाग नलिने

१० असोज, काठमाडौं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी संसदीय चुनावमा भाग नलिने निर्णय गरेको छ। तनहुँको बन्दिपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।

असोज १ देखि ५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रगतिशील संयुक्त सरकार बनाएर जनमत संग्रहमा जाने निर्णय गरेको केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए। पार्टीले गरेको सबै निर्णय काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने उनले बताए।

‘अहिले उठेका यावत समस्याहरुलाई समाधान गर्न संसदीय व्यवस्थाले हल गर्न सक्दैन। त्यसको विकल्पमा प्रगतिशील संयुक्त सरकार बनाउने, त्यसले वैज्ञानिक समाजवादी कि संसदीय व्यवस्था भन्नेमा जनमत संग्रह गर्नेछ।

त्यहीँबाट जनतालाई फैसला गर्न दिनुपर्छ,पुनले भने, ‘प्रगतिशील संयुक्त सरकारले जनमत संग्रह गर्ने विषयलाई पार्टीको तलदेखि माथिसम्म पु¥याएर माहोल बनाउनेछौं, त्यसैलाई नै तत्कालिक राजनीतिक कार्यनीतिको रुपमा अघि सारिएको छ।’

दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रहमा जाने विषयलाई देशैभर बहसको रुपमा लगेर माहोल बनाइने नेकपाको तयारी छ। यदि, जनमत संग्रह गर्ने स्थिति नभएमा संसदीय चुनाव के गर्ने भन्ने विषयमा त्यतिबेलाको परिस्थिति हेरेर निर्णय गर्ने भएको छ।

यस्तै यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्ने निर्णयसमेत गरेको पुनले बताए। ‘हामीले केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति ग¥यौं। सरकारबाट तीन बुँदे सहमति कार्यान्वयन नहुँदा थुप्रै बन्दी रिहा भएका छैनन्,’ उनले भने, ‘तीन बुँदे सहमति कार्यान्वयन गराउन सरकारलाई दबाब दिने निर्णय भएको छ।’

उनका अनुसार नेकपाका १०० भन्दा धेरै नेता÷कार्यकर्ता अझै जेलमै रहेका छन्। यस्तै विचार मिल्ने पार्टीहरुसँग कार्यगत एकता र रणनीतिक मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको छ।

पार्टी स्थापना दिवसको उपलक्ष्यमा नेकपाले मंसिर ८ गते काठमाडौंमा बृहत् आमसभा गर्ने भएको छ। शक्ति प्रदर्शन गर्ने उदेश्यले देशैभरबाट नेता–कार्यकर्ता उतारेर आमसभा गर्न लागेको पुनले बताए। नेकपाले आगामी फागुनमा पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.