१० असोज, काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिका–१ ठुलाढिक डेरा गरी बस्ने खोटाङ खोटिह्याङ गाउँपालिका–८ घर भएका बीरेन तामाङको कोठमा तास खेलिरहेका अवस्थामा तामाङ सहित नौजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
तामाङले आफ्नै कोठमा जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार १ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।