रामेछाप : जीप दुर्घटनामा एक जनाको ज्यान गयो, चार जना घाइते

रामेछाप : जीप दुर्घटनामा एक जनाको ज्यान गयो, चार जना घाइते

१० असोज, काठमाडौं ।

रामेछापको सुनापति गाउँपालिका–४ बेथानको पानी ट्याङ्कीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

प्रदेश ३–०१–०२४ च १४४० नम्बरको जीप हिजो बेलुका दुर्घटना हुँदा सुनापति गाउँपालिका–३ हिलेदेवीकी ४३ वर्षीया शारदा खत्रीको ज्यान गएको हो ।

उनको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान ज्यान गएको हो । दुर्घटनामा घाइते भएका अन्यको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका नेपाली कांग्रेस रामेछापका पार्टी उपसभापति जितेन्द्र मोक्तान, मेगबहादुर खत्री र प्रकाश गौतम र गाडी चालक रामकुमार लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.