‘मच्छडले हात्ती खाएको सपना देख्नु र नेपालले टर्च बालेर एमाले खोज्नुपर्छ भन्नु उस्तै’

‘मच्छडले हात्ती खाएको सपना देख्नु र नेपालले टर्च बालेर एमाले खोज्नुपर्छ भन्नु उस्तै’

१० असोज, काठमाडौं ।

एमाले अध्यक्ष केपी ओली र एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष बनेका माधवकुमार नेपालबीच विभिन्न कार्यक्रममा सम्बोधन गर्ने क्रममा एकअर्कामाथि टिप्पणी गर्ने क्रम अझै रोकिएको छैन।

यी दुई नेताले विभिन्न सार्वजनिक कार्यक्रममा अलिकति समय एकअर्काको टिप्पणी गरेर नै बिताउने गरेका छन्। एकअर्कालाई होच्याउँदै कडा अभिव्यक्ति दिँदा सहभागीहरूले पनि उनीहरूलाई ताली बजाएर हौंसाउने गरेका छन्।

यसैक्रममा आज (आइतबार) एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले नेपाललाई ‘मच्छड’सँग तुलना गरेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिबार आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अभिव्यक्ति दिएका थिए। एमाले अध्यक्ष ओलीकै गलत कार्यशैलीका कारण एमाले कमजोर हुने उनको भनाइ थियो।

नेपालको सोही अभिव्यक्तिलाई ओलीले मच्छडले सपनामा सिंगै हात्ती खाएको सपनासरह भएको भनी कटाक्ष गरेका हुन्। ओलीले नामै किटेर भनेका छन्, ‘मच्छडले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.