अनलाइनबाट टिकट काट्नेलाई १ लिटर पानी उपहार

अनलाइनबाट टिकट काट्नेलाई १ लिटर पानी उपहार

१० असोज, काठमाडौं ।

सरकारले अनलाइनबाट टिकट काट्ने यात्रुहरूलाई एक लिटरको पानीको बोत्तल सित्तैमा दिने बताएको छ ।

आज आइतवार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागमा महानिर्देशक नमराज घिमिरेले यस्तो बताए ।

उनले अनलाइन र मोबाइलबाट टिकट बुकिङ गर्न अनुरोध गर्दै यस वर्ष अनलाइनबाट टिकट काटेर आउने यात्रुलाई एक लिटरको पानीको बोत्तलको व्यवस्था गरिएको जानकारी दिए ।

विभागका महानिर्देशक घिमिरेले दशैँमा टिकट वितरण गर्न धेरै बिचौलिया देखापर्ने समस्या रहेको भन्दै यस वर्ष टिकट काउन्टरमा बसेकाहरूलाई परिचय पत्र र तोकिएको पोसाक उपलब्ध गराउने भएकाले काउन्टरमा रहेका पोसाक लगाउने र परिचय पत्र भएकाहरूबाट मात्रै टिकट काट्न आग्रह गरे ।

यसैबीच सरकारले भोलि सोमवारदेखि दशैँका लागि मध्यम तथा लामो दुरीको सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

उनले कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र टिकट काट्न तथा गाउँ जाँदा हुने भिडलाई मध्यनजर गर्दै काठमाण्डौका विभिन्न ठाउँबाट गाडी छुट्ने बताए ।

यस्तै बैठकले दशैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.