गृहमन्त्री खाणले बुझे नेपाल–चीन सीमाबारे अध्ययन प्रतिवेदन

गृहमन्त्री खाणले बुझे नेपाल–चीन सीमाबारे अध्ययन प्रतिवेदन

१० असोज, काठमाडौं ।

नेपाल र चीनको सीमाबारे अध्ययन गर्न गठन गरेको समितिले गृहमन्त्रीलाई प्रतिबेदन बुझाएको छ।

अध्ययन पछि समितिका संयोजक गृहमन्त्रलयका सचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो।

भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न समिति बनाएको थियो।

‘स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनेको छ। यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,’ मन्त्री खाणले भने, ‘यहाँहरूले औल्याउनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ।’

समितिले स्थलगत अध्ययन गरेर ल्याएको प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता गृहमन्त्री खाणले गरेका थिए।

गठित समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ रहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.