परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

 ११ असोज, काठमाडौं।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय समकक्षीसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका मन्त्री खड्काले आइतबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

भारतीय विदेशमन्त्री जयशंकरले ट्वीट गर्दै दुई देशबीचको विशेष सम्बन्धलाई मिलेर अगाडि बढाउन सहमत भएको बताएका छन् । ‘हाम्रो विशेष सम्बन्धलाई अगाडि बढाउन हामीले घनिष्ठ रूपमा मिलेर काम गनुपर्छ’, उनले ट्वीट गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.