११ असोज, काठमाडौं ।
कीर्तिपुरस्थित टियू मैदानमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबारको पहिलो खेल स्थगित भएको छ। सोमबार बिहान हुने भनिएको विराटनगर वारियर्स र काठमाडौं किंग्सबीचको खेल टस नै नभइ स्थगित भएको हो।
आइतबार दिउँसोबाट भएको भारी वर्षाका कारण मैदान हिलो भएपछि विराटनगर र काठमाडौंबीचको खेल स्थगित भएको हो। खेल रद्द भएपछि दुवै टिमले १ अंक बाँडेका छन्।
दोस्रो खेल रद्द भएपछि काठमाडौं तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा ललितपुर वारियर्सलाई पराजित गरेको काठमाडौंको २ खेलम ३ अंक भएको छ। यता, पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित विराटनगरको १ अंकमात्र छ।
यसअघि वर्षाकै करण आइतबार भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीचका खेल पनि रद्द भएको थियो।