एमालेको अवरोधबीच राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

एमालेको अवरोधबीच राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित

११ असोज, काठमाडौं ।

प्रमुुख प्रतिपक्षी दल एमालेले सोमबार पनि अवरोध कायमै राखेको छ ।

एमालेको अवरोधबीच ‘आर्थिक विधेयक, २०७८’ पारित भएको छ ।

एमालेको अवरोध कायम रहेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘आर्थिक विधेयक, २०७८’माथि दफावार छलफलका लागि प्रस्ताव गर्न अनुमति दिएका थिए । मन्त्री शर्माले प्रस्ताव प्रस्तुत गरेपछि दफावार छलफलका लागि अगाडि बढाएका थिए ।

छलफलमा कुनै सांसदले सहभागिता नाम नटिपाएपछि छलफल टुंगिएको घोषणा अध्यक्ष तिमिल्सिनाले गरेका थिए । र, आर्थिक विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । विधेयक बहुमतका आधारमा पारित भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.