११ असोज, काठमाडौं ।
राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले सिटबाट उठेर बैठकमा अवरोध कायम राखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकमाथिको कारवाही अगाडि बढाएका थिए ।
विधेयकउपर छलफलका लागि सांसदहरूले नाम नटिपाएपछि अध्यक्ष तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए । र, सदनबाट बहुमतका आधारमा विधेयक पारित भएको थियो ।