बाख्रा खोरमा रातभरी बाघ, ७ खसीसहित २१ बाख्रा मार्‍यो

बाख्रा खोरमा रातभरी बाघ, ७ खसीसहित २१ बाख्रा मार्‍यो

११ असाेज, बर्दिया ।

बर्दियाकाे गुलरिया नगरपालिका—५ सन्तोषी टोलमा रहेको वृष पशुपंक्षी तथा बाख्रापालन फार्ममा बाघकाे आक्रमणबाट २१ वटा बाख्रा मरेका छन् ।

व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए । पाैडेलका अनुसार २१ मध्ये ७ वटा खसी दशैंमा बेच्न ठिक्क पारिएका थिए ।

खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको छ। वनका कर्मचारीहरुको रोहबरमा मृत बाख्रालाई गाड्न लागिएको पौडेलले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.