प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

११ असोज, काठमाडौं ।

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै एमाले सांसदहरुले आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका थिए ।

बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।

सभामुख सापकोटाले दल विभाजनमा ‘सहयोग’ गरेको भन्दै भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख सापकझटाले सञ्चालन गरेका छन् ।

सोमबारको बैठकमा भने एमाले सांसदहरुले नयाँ ‘नारा’ पनि लगाएका छन्। उनीहरुले ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाइरहेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.