११ असोज, काठमाडौं ।
काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान ३५ वर्षका सन्तोष बाबामाथि खुकुरी प्रहार भएकाे हाे ।
सोमबार दिउँसो भएको खुकुरी प्रहारबाट उनी घाइते भएकाे काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घटनामा संलग्नताको आशंकामा प्रहरीले ८ जनालाई पक्राउ गरेकाे छ। पक्राउ परेकाहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
सन्तोष बाबामाथि गाँजा माग्दै खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरी स्रोतले जनाएकाे छ । स्राेतले भन्याे, ‘बाबालाई पहिला एक व्यक्ति आएर माल (गाँजा) निकाल भन्दै भनिएछ । त्यसपछि बाबाले छैन भन्दा खुकुरी प्रहार गरि सो व्यक्ति फरार भएछन्।’