धामीका कारण परिवारका सदस्य बिरामी भएको भन्दै हत्या, ३ जना पक्राउ

धामीका कारण परिवारका सदस्य बिरामी भएको भन्दै हत्या, ३ जना पक्राउ

११ असोज, रौतहट ।

धामी झाँक्रीको काम गर्दै आएका रौतहटकाे चन्द्रपुर नगरपालिकाका-५० वर्षीय रोहिणीप्रसाद घोरासैनीकोहत्याको आरोपमा तीन जना पक्राउ परेका छन् ।

घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी, चन्द्र नगरपालिका, गैंडाटारका प्रल्हाद फुयाँल र पर्साको पर्सागढी नगरपालिकाका रमेश पहरीलाई पक्राउ गरेको छ ।

प्रहरीले शुरुमा पर्साका २४ वर्षीय रमेश पहरीलाई पक्राउ गरेको र उनको वयानका आधारमा अरु दुई जना पक्राउ परेका हुन् ।  पहरीले कप्तान टोलका सहदेव भन्ने डोलप्रसाद बोलखेको योजनामा घटना भएको बताएकाे रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

बोलखेको परिवारका सदस्य बिरामी भएको दोष धामीलाई लगाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको घिमिरेको भनाइ छ । बोलखेले घोरासैनीको हत्याका लागि ३ लाख रुपैयाँ दिएको खुलेकाे छ ।

पक्राउ परेका तीनैजनालाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । सहदेव भन्‍ने डोलप्रसाद बोलखे फरार रहेकोले उनको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.