११ असाेज, काठमाडौँ ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले साे अध्यादेश खारेज गर्ने निर्णय गरेकाे हाे ।
सरकारले एमाले र जसपा विभाजनमा सहज बनाउन केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमै पनि २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश ल्याएकाे हाे ।
स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारका लागि अध्यादेश नै बाधक बनेपछि फिर्ता लिने निर्णय भएको हो । बिषेशगरी जसपाले अध्यादेश फिर्ता नभए आफ्नो दल फेरि विभाजन हुनसक्ने भन्दै देउवामाथि दबाब दिएको थियो ।