चितवनमा गैंडा मृत फेला फेला

चितवनमा गैंडा मृत फेला फेला

१२ असाेज, चितवन।

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ ।

सोमबार धोबा पोष्टबाट डेढ किलोमिटर दक्षिण पूर्व कोर इलाकाको घांँसे मैदानको रेवा खोलाको किनारमा अन्दाजी १० बर्षको गैंडा मृत फेला परेको हो ।

फलामको रड घोपिएको अवस्थामा उक्त गैंडा फेला परेकोले धानबाली खाने क्रममा स्थानीयले रड घोपेर मारेको अनुमान गरिएकाे निकुञ्जले जनाएकाे छ ।

गैंडाको खाग र खुर भने सुरक्षित रहेको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको  जनाइएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.