कपिलवस्तुमा बस र विंगर ठोकिँदा १५ घाइते, दुईको अवस्था गम्भीर

कपिलवस्तुमा बस र विंगर ठोकिँदा १५ घाइते, दुईको अवस्था गम्भीर

१२ असोज, काठमाडौं ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा यात्रुबाहक बस र विंगर ठोकिँदा १५ जना घाइते भएका छन्।

रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विंगर मंगलवार विहान ६ बजेतिर ठोकिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। दुर्घटनामा परी घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ।

घाइतेमध्ये दुई जनाको तिनाउ अस्पतालमा, तीन जनाको लुम्बिनी नर्सिङ होममा तथा एकको भैरहवा आँखा अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। सामान्य घाइते अन्यको भने कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको र केही डिस्चार्जसमेत भइसकेको उनले बताए।

गम्भीर घाइते हुनेमा विंगर चालक बाणगंगा नगरपालिका ८ का वर्षीय २३ का सुदन क्षेत्री र नाम नखुलेका सहचालकसमेत रहेका छन्।

मोडमा अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि घटनाबारे थप अनुसन्धान जारी रहेको निरीक्षक गुरुङले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.