ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्धको जहाज आज बिहानैबाट संचालन

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्धको जहाज आज बिहानैबाट संचालन

१२ असोज, काठमाडौं ।

ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ ।

सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए । उडानका क्रममा ल्यान्डिङ गियरको ‘प्राइमरी इन्डिकेटर’मा समस्या देखिए पनि जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको कम्पनीका एक अधिकारीले बताए ।

सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।

उनका अनसार सो जहाजले मंगलबार तीन उडान गरिसकेको छ । सोमबारको विराटनगरको उडानमा संलग्न क्याप्टेन आङ गेलु शेर्पा, को-पाइलट अमन अन्सारी र दुई जना एयरहोस्टेसलाई ‘डियुटी अफ’ मा राखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.